पनौतीको कर्फ्यू हट्यो

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : ४९


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ। आजराति ८ बजेदेखि कर्फ्यू हटेको हो। 

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिकाको ज्यान गएपछि स्थानीयले विरोध प्रदर्शन गरेका थिए। 

विरोधका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएका थिए। प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले मंगलबार बिहानै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 

टिपर चालक नवराज थापाविरुद्ध किटानी जोहरी दर्ता भएपछि स्थिति साम्य बनेका कारण कर्फ्यू हटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्