कोरोनाको महामारीसँगै अर्को भाइरसको चपेटामा फिलिपिन्स

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : १३


विश्वका १६२ देशमा फैलिएको कोरोना भाइरसका कारण विश्व त्रसित बनेको छ। कोरोना भाइरसका कारण अहिलेसम्म ७ हजार बढीको ज्यान गइसकेको छ। 

फिलिपिन्स पछि कोरोना भाइरसको महामारीबाट अछुतो रहन सकेको छैन्। कोरोना भाइरसको महामारी फैलिरहेका बेला फिलिपिन्स अर्को भाइरसको चपेटामा पनि परेको छ। फिलिपिन्सको उत्तर प्रान्तमा घातक बर्ड फ्लू तिब्र रुपमा फैलिएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त बर्ड फ्लू कुखुराबाट नभइ बटेर (बटै) नामको पंक्षीबाट फैलिरहेको छ। तिब्र रुपमा यसको संक्रमण फैलिएपछि त्यहाँको सरकार चिन्तित बनेको छ।  

फिलिपिन्सका कृषि मन्त्रीले सोमबार यसका बारेमा जानकारी दिँदै भनेका छन्, यो निकै संक्रामक फ्लू हो । जो एचफाइभ एनसीक्स र एन्फ्लूएन्जा ए भाइरस श्रेणीको रहेको छ। यस भाइरस सबैभन्दा पहिले बटेरको फर्ममा भेटिएको थियो। मानिसका लागि पनि यो भाइरस ज्यानलेवा रहेको बताइएको छ। 

जसको नियन्त्रणका लागि फिलिपिन्स सरकारले उच्च सर्तकता अप्नाएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्