कोरोनाको असर: विवाह दर्ता गराउने कार्यालयहरुमा डिभोर्स गराउने निवेदन

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ०१


काठमाडौं । नोबेल कोरोना भाइरसका कारण  चीनमा अनपेक्षित रुपमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ ।

छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो । उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् । कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो ।


प्रतिक्रिया दिनुहोस्