कोरोनाका कारण विमान कम्पनी टाट पल्टँदै

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : २१


काठमाडाैं । कोरोनाभाइरस केबल मानिसको स्वास्थ्य र जीवनमा मात्रै संकट उ्रत्पन्न गरेको छैन, यसले विश्वभरीको अर्थव्यवस्थालाई पनि धराशायी बनाएको छ । मानिस घरमै कैद हुनाले पर्यटन उद्योग पनि तहसनहस भएको छ र सबैभन्दा ठूलो असर विमान कम्पनीलाई भएको छ ।

महामारीका कारण विश्वका अधिकांश एयरलायन्स मे महिनाको अन्त्य सम्ममा टाटा पल्टने भएका छन् र समन्वयात्मक सरकार र उद्योगले मात्रै यो विनासलाई बचाउन सक्नेछन् । विश्वव्यापी विमान सल्लाहकार फर्म सीएपीएले यस्तो जानकारी गराएको हो ।

फर्मले सोमबारको एक टिप्पणीमा भनेको छ, ‘कोरोनाभाइरस तथा कयौं सरकारी यात्रा प्रतिक्रियाका कारण हाम्रो विश्वमा कयौ विमान सेवा कम्पनी प्राविधिक रुपमा टाट पल्टिसकेका छन् । विश्वभरीका एयरलायनसले कोरोनाभाइरसको प्रकोपलाई मध्यनजर गर्दै आफ्नो संचालनम ठूलो मात्रामा कम गर्ने घोषणा गरेका छन् । एटलान्टास्थित डेल्टा एयरलायन्सले आइतबार आफ्नो बेडाको ३०० विमानलाई जमिनमा राख्ने र उडानमा ४० प्रतिशत सम्म कम गर्ने जनाएको छ ।’

युरोपेली संघ, युके तथा आयरल्यान्डका मानिसका लागि अमेरिकाले सबै पर्यटक भिषा निलम्वन गरेको छ । यसैगरी भारत सरकारले पनि १५ अप्रिलसम्म विदेशीका लागि भारत आउन प्रतिबन्ध लगाएको छ । हवाई यात्राको मागमा पुरै किसिमबाट अभूतपूर्व कमी आएको छ ।

नगदको भण्डारमा तीव्र दरमा कमी आएको छ । किनकी विमानले उडान भरेका छैनन् र संचालनमा आएका उडान पनि आधा भन्दा बढीको रुपमा कमी आउन थालेको छ ।

भारतको सबैभन्दा ठूलो एयरलायन्स इन्डिगोको बेडामा लगभग २६० विमान रहेका छन् । कम्पनीले बिहीबार भनेको थियो, ‘विगतका केही दिनमा दैनिक हुने बुकिङमा १५–२० प्रतिशतको गिरावट देखिएको छ । यसबाट कम्पनीको त्रैमासिक आम्दानी प्रभावित हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्