अमेरिकामामा १० जना भन्दा बढी भेला हुन प्रतिबन्ध

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ५४


काठमाडाैं । अमेरिकामा कोरोनाभाइरसको घटनामा लगातार वृद्धि भइरहेको छ । हालसम्म यहाँ ४६०० पोजिटिभ केस दर्ता भएको छ भने ९१ को मृत्यु समेत भएको छ ।

यसको असरका कारण राष्ट्रपति ट्रम्पले मानिसलाई घरमै बस्न र बजारमा नजानका लागि आग्रह गरेका छन् । ट्रम्पले १० भन्दा बढी मानिसलाई भेला नहुन आग्रह गरेका छन् । कोरोनाका कारण न्यूयोर्क र वासिङटनका सडक सुनसान भएका छन् ।

सोमबार मिडियासँग कुरा गर्दै ट्रम्पले आगामी केही दिन अमेरिकाका लागि महत्वपूर्ण भचको बताएका छन् । किनकी युरोपबाट अमेरिकामा कोरोनाभाइरस विस्तार भइरहेको छ । अमेरिकामा यो भाइरसको रुप भयावह भएको ट्रम्पले स्वीकार गरेका छन् । अमेरिकाले पहिलेनै यो परिस्थितिलाई राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ ।

ट्रम्पले अमेरिकामा यसको असर जुलाई वा अगस्टसम्म रहने सोमबार स्वीकारेका छन् । केही विज्ञका अनुसार यो अझै परसम्म जान सक्ने छ । कोरोनाका कारण अमेरिकाले एकै ठाउँमा १० भन्दा बढी व्यक्तिलाई भेला नहुनका लागि भनेको छ । स्कुल बन्द गरिएका छन् र अब अनलाईन कक्षा मात्रै चल्ने भएका छन् ।

यसका अलावा मानिससँग अत्यावस्यक बाहेकका यात्रा नगर्नका लागि भनिएको छ । यदी परिवारमा कुनै व्यक्ति पोजिटिभ पाइयो भने पुरै परिवारलाई आफ्नै घरमा बस्नका लागि भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्