गायिका सपना चौधरीले गरिन् सुटुक्क इन्गेजमेन्ट, विवाह पनि चाडै

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ४५


भारतको हरियाणाकी डान्सर तथा गायिका सपना चौधरीले सुटुक्क इन्गेजमेन्ट गरेकी छिन्। उनले अब चाडै नै विवाह गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सपना चौधरी हरियाणाका बीर साहूसँगको प्रेममा थिइन्। वीर गायक र मोडल हुन्। उनका कयौँ म्युजिक भिडियो भाइरल छन्। दुबैको प्रेमको चर्चा भइरहेको बेला सुटुक्क उनीहरुले इन्गेजमेन्ट समेत गरेका छन्।

उनीहरु चाडै नै विवाह गर्ने तयारीमा रहेको बताइएको छ। एक अन्तवार्तामा सपनाले आफ्ना प्रेमी वीरको निकै तारिफ गरेकी थिइन्। उनले वीर एक सफा मनका व्यक्ति भएको उल्लेख गर्दै आफ्नो पहिलो भेट एक अवार्ड कार्यक्रममा भएको बताएकी छिन्। 


प्रतिक्रिया दिनुहोस्