८० कटेका कोरोनाका बिरामीलाई इटलीमा मर्न छाडिदै !

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : १९


रोम । घातक कोरोना भाइरसबाट चीन भन्दा अहिले इटली सबै भन्दा धेरै प्रभावित भएको छ।

त्यहाँ करिब २५ हजार मानिस संक्रमित भएका छन् भने १८ सय ९ व्यक्तिको ज्यान गएको छ।

देशभर कोरोना फैलिएपछि आपतकालिन उपायहरु अपनाइएको छ। पुरै देशलाई नै क्वारेन्टाइमा राखेको इटलीमा उमेरका आधारमा बिरामीमाथि भेदभाव हुने नीति सार्वजनिक भएको छ। 

टेलिग्राफको एक रिपोर्ट अनुसार सबै भन्दा बढि प्रभावित क्षेत्रहरुमा अस्पतालमा बेडहरु अपर्याप्त भए ८० बर्ष माथिका बिरामीलाई भर्ना नगर्न भनिएको छ।

इटालीको संकट व्यवस्थापन इकाईले यस्तो निर्णय गरेको समाचारमा जनाइएको छ।

टेलिग्राफका अनुसार संकट व्यवस्थापन युनिटले कुन बिरामीहरूलाई गहन उपचार गर्ने वा नगर्ने भन्ने बारे एक प्रोटोकलनै तयार गरेको छ।

रिपोर्टमा भनिएको छ 'यदि समय त्यस्तै आयो र अस्पतालमा अपर्याप्त बेडहरु भए ८० बर्ष वा सो भन्दा माथिका गम्भीर स्वास्थ्य अवस्थाका बिरामीलाई गहन सेवामा पहुँच गर्नबाट वञ्चित गरिने छ'।

कोरोनाको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै जाँदा  ८० वर्ष नाघेकाको सघन उपचार नगर्ने इटलीको नीति कम उमेरकालाई बचाउन केन्द्रीत भएको बताइएको छ । 

चिकित्सकहरुले त्यसो गर्नु भनेको 'बिरामीलाई मर्न छोड्नु' हो भन्दै चिन्ता व्यक्त गरेका छ।

सरकारको यस्तो नीतिले केहि समयमै त्यहाँ मृतकको संख्यामा बृद्धि आउँने भय व्यक्त गरिएको छ।

यो पनि पढ्नुहोस

इटलीमा कोरोनाबाट एकैदिन ३६८ जनाको मृत्यु
 


प्रतिक्रिया दिनुहोस्