दिल्लीबाट आएका नेपाली युवकमा कोरोनाको आंशका

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २३


काठमाडाैं । दिल्लीबाट आएका नेपाली युवक कोरोनाको आंशकामा अस्पताल भर्ना भएका छन । भारतको नयाँदिल्लीबाट अध्ययन गरेर केही दिन पहिला पर्सा जिल्लास्थित घर गएका युवक नोबेल कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचारका लागि अपताल भर्ना भएका हुन ।

पाेखरीया नगरपालिका सतवरियाका २२ वर्षीय युवकलाई ज्वरो, रुघा, खोकी लगातार आएपछि कोरोना भाईरसको आंशकामा उनी आफै बीरगंज नारायणी अस्पतालमा भर्ना भएका थिए । ती युवकको नारायणीमा अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएकाे बतँइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्