घर पुर्याइदिन्छु भन्दै होमस्टेमा लगेर बलात्कार, चित्र बहादुर थापा पक्राउ

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : १०


काठमाडाैं । १९ वर्षीया किशोरीमाथि बलात्कार गर्ने बाँकेकाे कोहलपुर नगरपालिका–२ आनन्दनगरका २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

थापाले किशोरीलाई घरसम्म पुर्याइदिन्छु भनि भ्यानमा हालेर लगेकाे र किशोरीलाई घर नपुर्याएर बैजनाथ गाउँपालिका–४ गाबरको एक होमस्टेमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्