भारतमा सबै फिल्म, सीरीयलको शुटिङ बन्द

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ४६


काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा फिल्म, सीरियलको शुटिङ स्थगित गरिएको छ।

आइतबार बसेको इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसियसन (आईएमपीपीए) को बैठकले १९ मार्चदेखि ३१ मार्चसम्म सम्पूर्ण फिल्मका शुटिङ बन्द गर्ने निर्णय गरेको हो। 

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उच्च सर्तकता अप्नाउँदै बैठकले फिल्म, टेलिभिजन र वेब सीरीजको शुटिङ स्थिगित गर्ने निर्यण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

देशभित्र र बाहिर पनि फिल्मको शुटिङ भइरहेको र यो फैसलापछि सम्पूर्ण शुटिङ बन्द गर्नुपर्ने बताइएको छ।

अब हिन्दी फिल्म उद्योगका सम्पूर्ण शुटिङ ३१ मार्चसम्म बन्द हुनेछन्। पुनः ३० मार्चमा अर्को बैठक बसेर निर्णय लिन सकिने समाचारमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्