मलेसियाबाट फर्किएका एक नेपालीमा कोरोना आशंका

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ३८


काठमाडाैं । मलेसियाबाट नेपाल फर्किएका एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएपछि कोरोना संक्रमण भएको आशंकामा जाँच र परिक्षणका लागि रगत र -यालको नमूना काठमाडौं ल्याइएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– १ का ती बिरामीलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

अस्पतालमा कोरोना चेकजाँच गर्ने सुविधा नभएका कारण नमूना सोमबार बिहान काठमाडौं ल्याइएकाे बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्