अमेरिकी दूतावासद्वारा सबै भिसा अन्तरवार्ता रद्द

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : २६


काठमाडौँ । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी)लगायतका सबै भिसा अपोइन्टमेन्ट रद्द गरेको छ। अमेरिकी दूतावास नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको हो। यो चैत ४ गते (मंगलबार)  अर्थात भोलिदेखि लागू हुनेछ।

दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्