आज शनिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : ०१


आज मिति २०७६ साल चैत्र ०१ गते शनिबार । ईश्वी सन् २०२० मार्च १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– पंचमी

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारहरु मिलेर गरीने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानी गर्न सकिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाईलो यात्राको तय हुनेछ । मध्यान्हबाट सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस्