अमेरिकामा समेत आपतकाल घोषणा , कोरोना नियन्त्रण गर्न ५० अर्ब डलर खर्च गरिने

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ५९


अमेरिकाले कोरोना भाइरस बिरुद्ध अहिलेसम्मकै कडा कदम चालेको छ। अमेरिकाले आपतकालको घोषणा गर्दै राज्यलाई एकढिक्का भएर कोरोना सङ जुध्न अपिल गरेको छ। 

नेपाली  समय अनुसार रातको करिब एक बजे विशेष सम्बोधन गर्दै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रमले आपतकाल घोषणा गरेका हुन ।

ट्रमपले कोरोनाको बढ्दो प्रभावलाई रोक्न तिब्र गतिमा काम गरिने बताएका छ्न । उनले कोरोना बिरुद्ध लड्ने अभियानलाई ५० अर्व अमेरिकी डलर प्रदान गर्ने समेत बताएका छ्न ।


प्रतिक्रिया दिनुहोस्