लोकदोहोरी गायक प्रकाश कटुवाललाई थुनामा राख्न आदेश

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : २१


काठमाडौं । जिल्ला अदालत तनहुँले लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तनहुँ डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा फागुन ५ गते पक्राउ परेका गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको थियो ।

गुरुङमाथि केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्