कोरोनाबाट भारतमा दोस्रो व्यक्तिको मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : ०२


काठमाडौं । भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

कोरोनाबाट संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुेको संख्या २ पुगेको छ।

संक्रमित महिलाको दिल्लीको राम मनोहर लोहिया अस्पतालमा मृत्यु भएको हो।

उनका २३ बर्षीया छोरा २३ तारिखमा इटालीबाट घर फर्केका थिए। उनको पनि अस्पतालमा उपचार भइरहेको बताइएको छ।

यसअघि भारतीय राज्य कर्नाटकमा बिहिबार राति साउदी अरबियाबाट हालै फर्केका एक व्यक्तीको उपचारका क्रममा मृत्यु भएको थियो।

भारतीय मिडियाका अनुसार भारतमा कोरोनाका ७० भन्दा बढि संक्रमित भेटिएका छन्।

यो पनि पढ्नुहोस

साउदीबाट फर्केका व्यक्तिकोे कोरोनाबाट मृत्यु
 


प्रतिक्रिया दिनुहोस्