सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ४६


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा आफ्ना ग्राहकलाई लक्षित गरी ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात पाँच सयबाट शुरु गर्न सकिने बैंकले जानकारी दिएको छ । यस मुद्दती योजना अन्तर्गत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्ने जनाइएको छ । साथै यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन हुँदैन । यस योजनाबाट ग्राहकलाई अधिकत्तम लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

मुलुकभर ९१ शाखा कार्यालय, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्