भारतमा अध्ययनरत नेपाली विद्यार्थी मिलन पौडेलकाे शव गंगा नदीमा भेटियो

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : २१


काठमाडौं । दिल्लीको जामिया मिलिया इस्लामिया नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फिल्क्टमा अध्ययनरत नेपाली विद्यार्थी मिलन पौडेल मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय पौडेलको शव गंगा नदीको किनारमा भेटिएको हो ।

पौडेल गत मंगलबार होलीमा ४ जना साथीसँग दिल्लीबाट ऋषिकेश पुगेका थिए र त्यहाँ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाइएको छ । पौडेलले दिल्लीमा भड्किएको धार्मिक दंगामा वृत्तचित्र बनाइरहेका थिए।


प्रतिक्रिया दिनुहोस्