१७ लाख घुस लिँदालिँदै नापी कार्यालय कर्मचारी पक्राउ

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : २४


बुटवल । १७ लाख घूस रकमसहित नापी कार्यालय बुटवलका ५ कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा अख्तियारको टोलीले मालपोतका नासु धर्मराज पन्थी, सर्भेक्षक तीर्थराज भण्डारी, थानेश्वर चौधरी, लेखापढी व्यवसायी जीवन शर्मा र राजकुमार अर्याल रहेको आयोगले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्