ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : १८


काठमाडौं । ब्राजिलका राष्ट्रपति जेइल बोल्सनारोलाई कोरोना संक्रमण भएको छ।

बिहिबार गरिएको परिक्षणको रिपोर्ट आज आएको हो। 

उनमा कोरोना पोजेटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यसअघि बिहिबार ब्राजिलियन राष्ट्रपतिका प्रेस सचिवलाई कोरोना भेटिएको थियो।

आफ्ना सचिवलाई कोरोना भेटिएपछि राष्ट्रपतिले चेकजाँच गराएका थिए।

कोरोना भेटिएका ती सचिवले यसै हप्ताको सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग भेटघाट गरेका थिए।

कोरोना भेटिएका उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्