‘मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : ०७


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति आभार व्यक्त गर्नुभएकाे छ । बाह्र दिन लामो अस्पताल बसाई पछि मिर्गौला प्रत्यारोपण गरेर निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले फेसबुकमार्फत आभार व्यक्त गर्नुभएकाे हाे ।

'बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु', उहाँले लेख्नुभएकाे छ 'मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।'

 

बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।

Posted by K P Sharma Oli on Friday, March 13, 2020


प्रतिक्रिया दिनुहोस्