बिहे गरेपछि पलले आँचललाई इन्स्टाग्राममा अनफलो गरे

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ४७


काठमाडौँ । नायक पल शाहले सामाजिक संजाल इन्स्टाग्राममा नायिका आँचल शर्मालाई अनफलो गरेका छन् । उनले केही समय अगाडिसम्म आँचललाई फलो गरेका थिए । आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् । आँचलको सूचीमा पनि पलको नाम हटेको छ ।

नायिका आँचल शर्माले बिहिबार मात्र प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् । आँचलको बिहे पक्का भएसँगै पलले उनलाई अनफलो गरेका हुन् । पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी भन्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्