कोरोना भाइरसको आशंकामा भरतपुर अस्पताल भर्ना गरिएका बिरामीकाे रिपाेर्ट आयाे

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ३१


भरतपुर । भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उहाँले बताउनुभयाे । भरतपुर अस्पतालबाट यसअघि पठाइएका दुई वटा नमूनाको नतिजा पनि नेगेटिभ आएको थियो ।

अस्पतालले कोरोनाको सङ्केत देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखेर नमूना परीक्षणका लागि काठमाडौँ पठाउने गर्दछ । अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई राख्नका लागि १९ श्याको आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा श्रीराम तिवारीले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाइएको बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्