प्रधानमन्त्री ओली डिस्चार्ज

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ४५


काठमाडौं । मृगौला प्रत्यारोपणपछि महराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।

शुक्रबार डिस्चार्ज गरिएको शिक्षण अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओली १० दिन पछि डिस्चार्ज भएका हुन् । अब बालुवाटारमै बसेर उपचार गर्नेछन्।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गत फागुन १९ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए। 

प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको हो। 


प्रतिक्रिया दिनुहोस्