स्याललाई हानेको बन्दुक आफैलाई लागेर शाही घाइते

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २३


दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैले चलाएको बन्दुक लागेर घाइते भएका छन् । 

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।

स्याल लखेट्न उनले बन्दुक पड्काएका थिए।

शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताउनुभयो।

 स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पुर्याएका थिए।

थप उपचारका लागि उहाँलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ।


प्रतिक्रिया दिनुहोस्