वन माहुरीको टोकाइबाट दर्जनौं घाइते

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ४७


महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । 

जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेका छन् । 
    
जीउभरि सयौँको सङ्ख्यामा वन माहुरीले टोकेर घाइते बनाएका सबै जनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्