गृहमन्त्री बादलले आफ्नै पार्टीलाई अवैध भनेपछि… (भिडियोसहित)

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ४८


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै पार्टीलाई अवैध बताउनु भएको छ । गृहमन्त्री बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्वतका पार्टी नेता, कार्यकर्ताहरुमाझ केही दिन पहिले बोल्दै त्यस्तो बताउनु भएको हो ।

गृहमन्त्री बादलले सैद्धान्तिक, नीतिगत र वैचारिकरुपमा आफ्नो पार्टीले स्वीकार गरेतापनि पार्टीले सबै क्षेत्रमा यसको कार्यान्वयन गर्न नसकेको बताउनु भयो । ‘अवैधानिक छ हाम्रो पार्टी कमिटीको फर्मेशन’, गृहमन्त्री बादलले भन्नुभयो, ‘हाम्रो पार्टी वास्तवमा अवैध छ ।’ संविधानले हरेक क्षेत्रमा महिला सहभागिता एकतिहाईको सुनिश्चितता गरे तापनि त्यो कार्यान्वयन हुन नसकेको सन्दर्भमा गृहमन्त्री बादलले त्यस्तो बताउनु भएको हो ।

पूरा भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्