इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’ : बेलायत

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ४०


लन्डन । बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिनु भएको छ ।
 
इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा दुई अमेरिकी र एक बेलायती सैनिक मारिएकापछि पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको थियो ।

यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानवअधिकारबादी समूहले जनाएको थियो । 

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताएको थियो । एक अमेरिकी अधिकारीले एएफपीलाई यस परी दुई अमेरिकी र एक बेलायती नागरिक मारिएका जानकारी दिएको थियो । 
  
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गर्नुभएको छ।

इराकमा बेलायतीसहितको गठबन्धनका सेनाले देशलाई आतङ्ककारी गतिविधिको विरूद्ध लड्न मद्दत पुर्याइरहेका र उनीहरूलाई हानि र्पुयाउन चाहन्छ  भने ,उसले कडा प्रतिक्रिया भोग्नु पर्ने राबले एक विज्ञप्तिमार्फत बताउनु भएको छ।


प्रतिक्रिया दिनुहोस्