कोरोना भाइरसबाट गौमुत्रले जोगाउने दावी , गौमुत्र ‘पार्टी’को आयोजना

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ०३


कोरोना भाइरस जसरी फैलिरहेको छ , यसबाट बच्न मानिसहरुले अलग अलग स्थानमा अपनाएका उपाए पनि रोचक र नौला खालका छ्न । यसैबिच नयाँदिल्लीमा गौमुत्र पार्टीको आयोजना गरिएको छ।

अखिल भारतीय हिन्दु महासभाका अध्यक्ष चक्रपाणीको नेतृत्वमा गौमुत्र पार्टी आयोजना गरिएको हो।

 यो भोज भोलि अर्थात मार्च १४मा सम्पन्न हुनेछ। स्वामी चक्रपाणी भन्छ्न गौमुत्रमा रोगसङ लड्ने ३२ प्रकारका तत्व पाइन्छ्न । जसले प्रतिरोधी क्षमताको वृद्धि गरेर कोरोना सङ बचाउने उनको दाबी छ।

यो बैज्ञानिक परिक्षणमा आधारित छ कि आस्थामा ? भनेर सोधिएको एक प्रश्नमा उ अले यो शुद्ध आस्थाको विषय भएको बताएका छ्न । उनी भन्छ्न यो हाम्रो शास्त्रहरुमा उल्लेखित एक प्रमाणिक कुरा हो।


प्रतिक्रिया दिनुहोस्