चट्याङ लागेर दाङमा एक युवती गम्भीर : जल्यो दुबै खुट्टा

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ००


शिवु खनाल 
दाङ । दाङमा चट्याङ लागेर एकजना युवती गम्भीर घाइते भएकी छिन् । शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी २२ वर्षीया शिवा घर्ती चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकी घर्तीको दुबै खुट्टा जलेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस्