मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ५६


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।
 
म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताउनुभयो ।

उहाँका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्