दाङमा दुर्घटनामा गम्भीर घाइते भएका एकजनाकाे मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ४६


शिवु खनाल 

दाङ । दाङमा सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनु भएका लमही निवासी वर्ष ३० का रामप्रसाद चाैधरीकाे उपचारको क्रममा मृत्यु भएको छ ।

फागुन २८ गते स्कुटी दुर्घटनामा गम्भीर घाइते भएका लमही नगरपालिका वडा नम्बर ६  देउपुर निवासी बर्ष ३० का रामप्रसाद चौधरीको उपचारका क्रममा बुटवलकाे चाैराह अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुरन मल्लले जानकारी दिनुभयो । 

देउपुरमा रा १ च ६२२ नम्बरको बोलेरो जिप र रा ५ प ३७१९ नम्बरको स्कुटर एक आपसमा ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए । मृतक चौधरीको शबलाई पोष्टमार्टमपछि आफन्तलाई बुझाई सकेको प्रहरीले जनाएको छ ।

बोलेरो जीप र चालक लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी स्टेफन चौधरीलाई नियन्त्रणमा लिएर मुद्दा समेत दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको निमित्त प्रमुख मल्लले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्