साउदीबाट फर्केका व्यक्तिकोे कोरोनाबाट मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : २३


नयाँ दिल्ली । भारतमा साउदी अरबियाबाट फर्केका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

बिहीबार राति भारतीय राज्य कर्नाटकमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको हो।

कर्नाटकको कलबुर्गीका ७६ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको राज्य सरकारका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले जानकारी दिएका छन्। 

भारतीय मिडियाका अनुसार गत फेब्रुअरी २९ तारिखमा साउदीबाट फर्केलगत्तै ती व्यक्ति बिरामी परेका थिए। 

यहि मार्च ५ मा कलबुर्गीकै अस्पतालमा भर्ना गरिएका उनको बिहिबार राति मृत्यु भएको हो। सञ्चार माध्यमले मृत भएको व्यक्तिको ठाँउमा अन्य ४६ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएका छन्।

भारतमा बिहीबार रातिसम्म ५७ भारतीय र १७ विदेशी नागरिकमा कोभिड–१९ को संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस्