देउसीमा बोलाएर बलात्कार : विद्यार्थीका केन्द्रीय नेतालाई ८ वर्ष ६ महिना कैद

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ०९


काठमाडौं । अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । बलात्कार मुद्दामा दोषी ठहर गर्दै उनलाई अदालतले त्यस्तो फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गर्दै ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताउनु भयो । अदालतले राईले १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने पनि आदेश दिएको छ ।

विद्यार्थी नेता राईले गएको कार्तिक महिनामा एक युवतीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेका थिए । बलात्कारको आरोप लागेपछि उनलाई अनेरास्ववियूले निलम्बन गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस्