पोखरीमा युवतीको शव फेला

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ३६


जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ।

जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् ।

बिहान घुम्न निस्केका मानिस पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्