अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १०


सिड्नी । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमण भएको छ। 

गृह मामिलामन्त्री पिटरले आफूमा कोरोनाभाइरस 'पोजेटिभ' देखिएको ट्विटर मार्फत उल्लेख गरेका छन्।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा उनले बिहान उठ्दा ज्वरो र घाँटी दुखेपछि परिक्षण गर्दा कोरोनाको 'पोजेटिभ' लक्षण देखिएको बताएका छन्।

बिरामी भएपछि मन्त्री पिटरले आजको पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेका थिए। गृहमन्त्री पिटरलाई अस्पताल भर्ना गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्