श्रीमतीमा कोरोना भेटिएपछि क्यानेडली प्रधानमन्त्री क्वारेन्टाइनमा

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४९


ओटावा । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडो २ हप्ता क्वारेन्टाइनमा बस्ने भएका छन्।

पत्नी सोफीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि २ हप्तासम्म क्वारेन्टाइमा बस्ने समाचारमा बताइएको छ । 

पधानमन्त्री पत्नी सोफीमा बिहीबार कोरोना पोजिटिभ पाइएको हो । 

पत्नीमा कारोना भाइरस देखिएपछि प्रधानमन्त्री ट्रूडोलाई नै सेल्फ आइसोलेसनमा राखिएको छ । उनी अबको १४ दिनसम्म चिकित्सकको निगरानीमा घरमै रहने छन् ।

शुक्रबार क्यानाडाको प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत यस कुराको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री जस्टिन ट्रूडो ठीक अवस्थामा हुनुहुन्छ । उहाँमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।’


प्रतिक्रिया दिनुहोस्