तीन वर्षीया छोरीसहित झुन्डिए बाबु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ४६


काठमाडाैं । तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाई तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीले जानकारी दिएकाे छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे जनाएकाे छ । 


प्रतिक्रिया दिनुहोस्