आज सुन तोलामा ३ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : १४


काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर आज प्रतितोला ७८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, शुक्रबार तेजाबी सुन पनि तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । यस दिन चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भैरहेके सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्