माटो खन्ने क्रममा ढुंगाले लागेर युवतीको मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : १२


अर्घाखाँची । माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको छ ।

माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुुंगा खसेर टाउकोमा लाग्दा बिकको घटना स्थलमै मृत्यु भएको हो ।

बिक बिहीबार साँझ घर पोत्ने माटो खन्न घर नजिकैको जंगलमा गएकी थिइन्। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्