कोरोना भाइरसका कारण चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : २१


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए ।

केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेको उनले जानकारी दिए । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिए ।

चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए । 
-गोरखापत्र दैनिक


प्रतिक्रिया दिनुहोस्