बैशाख १८ सम्म अनअराइभल भिसा बन्द

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ०९


काठमाडौं । कोरोना भाईरस संक्रमणको त्रास बढेसंगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सिमा नाका मात्रै सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ब्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परिक्षण गरि आवागमनको ब्यवस्था मिलाउने निर्णय गरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परिक्षण सुविधा भएका अध्यागमन जाँच चेकसहितका नाकामा सीमित गरिने भनेको थियो । 
-कान्तिपुर दैनिक


प्रतिक्रिया दिनुहोस्