शौचालयको प्रयोगका लागि कार्ड सिस्टम लागु, मासिक ३ सय रुपैयाँ शुल्क

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ५४


काडमाडौं । चन्दनाथ नगरपालिकाका स्थानीयलाई शौचालयको प्रयोगका लागि कार्ड सिस्टम लागु गरिएको उद्योय वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियानरले बताए । उनले भने, ‘‘बजारमा सार्वजनिक शौचालयको अभाव विगतदेखि नै थियो, जसले गर्दा नागरिकले सास्ती पाएको कुरालाई मध्यनजर गर्दै नमूना र सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।’’

अध्यक्ष मनियारका अनुसार बजारमा बसोबास गरेका र घर भएकाहरुलाई कार्ड सिस्टमले शौचालय प्रयोग गर्ने वातावरण सिर्जना गरिएको छ । जसले सबैले नियमित शौचालयको प्रयोग गर्ने, सरसफाई गर्न बानी पर्ने विश्वास गरिएको छ । बजार क्षेत्रमा घरभएका स्थानीयले कार्डमाफर्त शौचालय गरेबापत मासिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि जुम्लामा निमार्ण भएका शौचालय प्रयोगविहीन भएका छन् । त्यसैले नियमित प्रयोग हुने बानी व्यवहोरामा समेत सुधार गर्न कार्ड सिस्टम लागु गरिएको हो । 
-कारोबार दैनिक


प्रतिक्रिया दिनुहोस्