पिठो मुछ्दै गरेका छोराको घाँटीमा बाबुले छुरा हानेपछि…

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ५४


काठमाडौं । भिमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका छन् । बुधबार साँझ डम्बरले छुरा प्रहार गरेर कक्षा ७ मा पढ्दै गरेका छोराको हत्या गरेका हुन् । साँझ आमा राधा चन्द गाई गोरुलाई घाँसपात गर्न गोठमा गएका बेला हत्या भएको हो ।

मदिरा सेवन गरेर आएका डम्बरले घरमा पिठो मुछ्दै गरेका छोराको घाँटीमा एक्कासी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । । बाबुले छुरा हानेपछि छोरा सुवर्ण चिँच्याउदै ५० मिटर टाढा रहेको ठुलोबुबाकोमा घरतिर भागेका थिए । घाइते सुवर्णलाई काका गणेश चन्दसहितले महाकाली अस्पताल लगे । अस्पताल पुर्याउँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।

गत २२ फागुनमा काका गणेश चन्दलाई चिर्पटले हानेपछि डम्बरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी पछि प्रहरीले पक्राउ गरेकाे थियो । प्रहरीले दोहोरो कुटपिट घरयासी विवाद भन्दै मुद्दा चलाएन् । २४ फागुनमा उनी छुटेका थिए । त्यसको भोलिपल्ट छोरालाई छुरा हानेर हत्या गरेका हुन् । सानैदेखि मदिराका पारखी डम्बर जहिले पनि मदिरा सेवन गरेर गाँउमा झगडा गर्ने गर्थे । 
-नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस्