कोरोनाको त्रासले एक सातालाई संसद स्थगित ! लाखौं बिद्यार्थीहरुलाई जवरजस्ती परिक्षा ?

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ५ : ३६


काठमाडौ । संसदमानै कोरोना भाइरसको वारेमा चर्को आवाज उठे पछि एक सातालाई संसद स्थगित गरिएको छ। अवस्था हेरेर साता पछि थप निर्णयलिने सभामुख अग्नि सापकोटाले बताउनु भएको छ। 

संसदनै स्थगित गर्नु परेपछि कोरोनाको त्रास जनजनमा कति सम्म होला भनेर सहजै अनुमान गर्न सकिन्छ। 

निजि सवारीमा हिड्ने र स्वास्थको सहज चेकजाँच गर्न सक्ने माननीयहरु नै थर्थरी कापेको बेला कलिला नानिहरुलाई दुई साता अगाडी नै जवर्जस्ती परिक्षामा बसाल्नु कति शोभनीय होला। 

राज्य यसरी नै पक्षपाती देखियो भने जनताले कसको आशा गर्नु । बिधालयहरु बन्द गर्नुपर्ने आवाज चौतर्फी उठिरहेको बेला राज्य थप जिम्मेवार बन्नुपर्ने  देखिन्छ।


प्रतिक्रिया दिनुहोस्