अस्पतालको सूचना बङ्ग्याउनेमाथि कारबाहीको माग

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ५ : २४


काठमाडौं । चितवन स्थित भरतपुर अस्पतालले सुचना तोडमोड गर्नेलाई कारवाहीको माग गरेको छ।

बिहीबार दिउँसो भरतपुर अस्पतालले भाइरसको अवस्थाबारे प्रेस विज्ञप्ति जारि गरेको थियो। 

विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जनाइएको थियो । 

तर यही सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भ्रम फैलाउने काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्