ट्रम्पलाई भेटेका ब्राजिलियन सञ्चार सचिवलाई कोरोना संक्रमण

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ४ : ४२


ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केहि दिन अघि भेट गरेका ब्राजिलका एक बरिष्ट अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ। 

गत शनिवार अमेरिकाको फ्लोरिडामा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग भेट गरेका ब्राजिलका वरिष्ठ सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो।

कोरोना संक्रमणका लागि सकरात्मक देखिएका फबिओ वान्गरटन ब्राजिलियन राष्ट्रपति बोल्सरो जेइरका सञ्चार सचिव रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यसैबीच, आफ्ना सञ्चार सचिवमा कोरोना संक्रमण भेटिएपछि ब्राजिलियन राष्ट्रपतिले कोरोना भाइरसको परिक्षण गराएका छन्।

 


प्रतिक्रिया दिनुहोस्