पर्यटक भिसा नदिने सरकारको निर्णय

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ४ : १४


काठमाडौं । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ।

यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो।

बैठकमा तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्