विवाहपछि आयुष्मानले थपे प्रियंकाको थर

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ३ : २१


काठमाडौँ । फागुन १५ गते विवाह बन्धनमा बाँधिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको चर्चा अझै सेलाएको छैन्।  

विवाहपछि दुबैले सामाजिक सञ्जालमा प्रेमपूर्ण तस्वीर तथा स्टाट्स शेयर गर्दै आएका छन्। यसै क्रममा विवाहपछि नायिका प्रियंकाले आफ्नो थरमा देशराज श्रेष्ठ थपेकी छिन्। यस लगत्तै आयुष्मानले पनि आफ्नो थरमा कार्की थपेका छन्।

उनीहरुले आफ्नो इन्स्टाग्राममा नामको पछाडि थर थपेको जानकारी दिएका छन्। सामाजिक परम्परा अनुसार छोरी मान्छेले विवाह गरेपछि श्रीमानको थर अपनाउँछन् । तर आयुष्मानले आफ्नो थरमा प्रियंकाको अर्थात श्रीमतीको थर थपेका हुन्।


प्रतिक्रिया दिनुहोस्