हिन्दू परम्परा अनुसार आँचल शर्मा र उदिप श्रेष्ठको विवाह

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ३ : १०


काठमाडौँ । नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज विवाह बन्धनमा बाँधिएका छन्। 

हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा बिबाह गरेका हुन्।उनीहरुले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए। विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो। 

आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्। यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो। आँचल र उदिपले चैत्र १ गते भने काठमाडौँको पाँच तारे होटलमा पार्टीको आयोजना गरेका छन्।  आँचल र उदिपले १ वर्ष लामो समय प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस्